Rule 5
भू–उपग्रह प्रसार केन्द्रको स्थापना गरी कार्यक्रम प्रसारण गर्न अनुमतिपत्र लिनु पर्ने

५. भू–उपग्रह प्रसार केन्द्रको स्थापना गरी कार्यक्रम प्रसारण गर्न अनुमतिपत्र लिनु पर्ने ः

ऐनको दफा ९ को उपदफा (१) बमोजिमका कुनै व्यक्ति वा संगठित संस्थाले स्याटेलाइट तथा केबुल टेलिभिजन सम्बन्धी भू–उपग्रह प्रसार केन्द्र स्थापना गरी वा स्याटेलाइट वितरण प्रणालीको माध्यमबाट कुनै कार्यक्रम प्रसार गर्न चाहेमा अनुमतिपत्रको लागि नियम ७ को उपनियम (१) बमोजिमको दस्तुर सहित अनुसूची– ३ बमोजिमको ढाँचामा मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ ।